पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा दर्शन केबलकार निर्माणमा हालसम्म भएका कामकारबाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
पाथीभरा केबलकार निर्माणको काम रोक्न अन्तरिम आदेश माग गर्दै यामबहादुर लिम्बुसमेतले दायर गरेको रिटमा न्यायाधीश शारङ्गा सुवेदीको इजलासले छलफलका लागि आगामी चैत २६ गते दुवै पक्षलाई बोलाउन पनि आदेश गरेको छ ।
गत चैत १३ गतेको उक्त आदेश आइतबार सार्वजनिक भएको छ । सार्वजनिक आदेशअनुसार विपक्षीहरूमध्ये केहीलाई महान्यायाधिवक्ता, मुख्य न्यायधिवक्ताको कार्यालय र आफैँ वा प्रतिनिधिमार्फत १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश गरिएको छ ।
रिटमाथि वरिष्ठ अधिवक्ताहरू केदारप्रसाद दाहाल, नारायणप्रसाद देवकोटा, पद्मबहादुर श्रेष्ठ र अधिवक्ताहरु दिलराज खनाल, सोम सापकोटा, प्रेमचन्द्र राई र जितेन्द्रबहादुर मडैले बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण