ज्ञानेन्द्रको विवेकहीनताका कारण राजावादीको आततायी सभा बन्यो : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार राजावादीले काठमाडौँको तीनकुनेमा गरेको सभा आततायी भिलेनहरूको सभा भएको बताएका छन् । आइतबार सिन्धुलीको दुधौलीमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले त्यसदिन गणतन्त्रवादीले सभा नराखेको भए अझ भयङ्कर आतङ्क मच्चाउने नियत राजावादीमा भएको जिकिर गरे ।
‘हामीले काठमाडौँमा पहिले नै विरोधसभा राखेका थियौँ । तर तथाकथित राजावादीहरूले हाम्रो सभालाई बिथोल्न, बाधा अट्चन खडा गर्न सोही दिन सभा राखे । त्यो आततायीहरूको सभा थियो । मैले त्यसैदिन भनेको थिएँ, त्यो मण्डलेहरूको प्रदर्शन थियो’, उनले भने, ‘राजावादी त के भन्नु स्पष्ट रूपमा भन्नुपर्दा ज्ञानेन्द्रको मूर्खता र विवेकहीनताको कारण आततायी सभा भयो ।’
उपन्यास, कथा वा फिल्ममा एकातिर हिरोहरूको जमात र अर्कोतिर भिलेनहरूको जमात हुने गरेको भन्दै प्रचण्डले भने- ‘उपन्यास, कथा, नाटक या फिल्ममा हामी सँधै एकातिर हिरोहरूको जमात देख्छौँ । अर्कोतिर अपराधिक गिरोहहरूको जमात देख्छौँ । १५ गते त्यस्तै भयो । हाम्रो गणतान्त्रिक सभा हिरोहरूको जनताको सभा भयो । राजावादीहरूको सभा भिलेनहरूको अपराधिहरू आततायीको सभा भयो । जनताले बुझ्नेगरी भयो, हामीले केही भन्ने परेन ।’
गणतन्त्रवादीहरूको भव्य र अनुशासित सभा सम्पन्न गरेकोमा तीनकुनेका जनताले आफूलाई धन्यवाद दिएको समेत उनले दाबी गरे । राजावादीको सभामा दुई जना युवाले ज्यान गुमाएकोमा उनले दुःख व्यक्त गरे ।
ज्ञानेन्द्रकै कारण उनले दुई जना होनहार युवाको ज्यान गएको प्रचण्डले आरोप लगाए । आफ्नै घरभित्र हत्याकाण्ड मञ्चन गर्न सक्ने उनले जनताका छोराछोरी मरेकोमा केही नभएको गम्भीर आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण