पशुपन्छी खोपमा भ्रष्टाचार : मर्चवारीका शाखा प्रमुखविरुद्ध मुद्दा दायर
_b6GEHTJHdR.jpg)
काठमाडौँ । रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७९/८० को योजना बमोजिम पशुपन्छीलाई खोप तथा औषधि वितरण कार्यक्रम सञ्चालनका लागि बुद्ध भेट सेन्टर तथा उक्त भेट सेन्टरका प्रोप्राइटर लक्ष्मी बस्यालबाट ४ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
भुसालले कार्यक्रम सञ्चालनका लागि उक्त भेट सेन्टरकी लक्ष्मी बस्यालबाट कार्यक्रम प्राप्त गर्न, प्रगति प्रतिवेदन पेस गर्न, भुक्तानीको सिफारिस लगायतको सहजीकरण गरिदिएबापत ४ लाख रुपैयाँ लिएको आरोप छ । भ्रष्टाचारको उजुरीमाथि छानबिन गर्दा बुद्ध भेट सेन्टरको बैङ्क खाताबाट चार लाख रुपैयाँ प्रमुखले घुस लिएको पुष्टि भएपछि विशेषमा अभियोगपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।
उनीविरुद्ध चार लाख रुपैयाँ बिगो दाबी र भ्रष्टाचार निवारण ऐन २०५९ (पहिलो संशोधन) को दफा ३ उपदफा १ बमोजिम ६ महिनादेखि १ वर्ष ६ महिनासम्म कैद सजायको माग गरिएको छ । यस्तै बुद्ध भेट सेन्टरकी प्रोप्राइटर बस्यालले खोप कार्यक्रम प्राप्त गर्न ४ लाख रुपैयाँ दिएको कसुरमा शाखा प्रमुख भुषाल बराबरकै कैद र बिगो दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल : चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक
-
८० प्रतिशत दलित महिला बलात्कारपछि मारिन्छन्
-
बार्सिलोनाका मार्टिनेज भन्छन्, ‘उनले मेरो कानमा आएर खुसीयाली मनाए तर, मैले थुकेको हाेइन’
-
‘राज्यसत्तासम्म दलितको पहुँच पुगेन, उनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोच छ’
-
रेबिज लागेर एक जनाको मृत्यु
-
‘मानिसहरूमा मानवता हराएजस्तो देखियो’