एसएलसीको नक्कली सर्टिफिकेट बनाई प्रहरीमा जागिर, असईविरुद्ध मुद्दा दायर
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाइ प्रहरीमा जागिर खाएको आरोपमा एक प्रहरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुमार गिरीविरुद्ध अभियोग पत्र दायर गरेको हो ।
गिरीले बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट जारी एसएलसीसरहको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोप अख्तियारको छ । गिरी २०५७ फागुन ११ मा नेपाल प्रहरीको जवान पदमा भर्ना भई हाल पदोन्नति भई प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा जिल्ला प्रहरी कार्यालय, सिन्धुली दरबन्दी भई प्रहरी चौकी ग्वाल्टार सिन्धुलीको इन्चार्जका रूपमा कार्यरत थिए ।
उनीविरुद्ध झुट्टा प्रमाणपत्र पेस गरी लाभ र सुविधा प्राप्त गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजाय मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण