नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो
नेपालगञ्ज । बाँकेमा इस्लाम धर्मावलम्बीले धुमधामका साथ ईद उल फित्र पर्व मनाएका छन् । नेपालगञ्जमा आज बिहान सामूहिक रुपमा नमाज पढिएको छ ।
विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको हो । इदगाहभित्र ठाउँ नपुगेर बाहिर सडकमै बसेर पनि नमाज पढिएको थियो । सो अवसरमा एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।
यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइले इद उल फित्रमा विश्वका लागि शान्तिको प्रार्थना गरिएको उल्लेख गर्दै यस अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयम्को अभ्यासमा जोड दिइने बताए । उनले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको औँल्याउँदै यस अवसरमा जकार्ता फितर अर्थात् दान गर्नु अनिवार्य मानिएको बताए ।
“रोजाका अवसरमा एक महिनाभर व्रत बस्नु स्वास्थ्यका हिसाबले पनि ठीक छ, यसले हाम्रो स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ”, उनले भने । यस पर्वमा मीठामीठा खानेकुरा खानुका साथै शुभकामना आदानप्रदान गरिँदै आएको उनले बताए ।
ईदमा मिठाई, खजुर, सेवईं तथा विभिन्न परिकार तयार गरिन्छन् । परिवारजन, आफन्त तथा छिमेकीबीच भोज तथा भेटघाटको विशेष महत्व यस पर्वमा रहेको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनमा नेकपाको आरोप : सरकारको सुशासन खोक्रो भयो
-
अमेरिकाले नौसैनिक नाकाबन्दी हटायो, खामेनी भन्छन्–'ट्रम्पले बाध्य भएर सम्झौता गरे'
-
उजुरीपछि अख्तियारको छापा
-
रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
-
एमालेको 'मिसन पार्टी जागरण २०८३' लुम्बिनीमा
-
जेनजी आन्दोलनमा जलाइएको बानेश्वर प्रहरी वृत्त भवनको पुनर्निर्माणपछि हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण