अर्जुनभक्त राईको अध्यक्षतामा खेलकुद महासंघ समाजवादीको नयाँ कार्यसमिति
काठमाडौँ । नेपाल खेलकुद महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशनले अर्जुनभक्त राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । काठमाडौँ सम्पन्न राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा नारायणदास गमाललाई निर्वाचित गरेको छ ।
यसैगरी, सात उपाध्यक्षमा शंकर थापा, शिवप्रसाद डाँगी, दिपक बहादुर सिंह, ज्ञानेन्द्र तिमल्सेना, रिता कोइराला, गोपाल न्यौपाने र आकाश पटेल निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा राधिका ऐर हमाल निर्वाचित भएकी छन् ।
यसैगरी, महासचिवमा अनिल कुमार रिजाल निर्वाचित भएका छन् । चार उपमहासचिवमा भने रविन्द्र राई, राम पुडासैनी, उत्तम श्रेष्ठ र प्रविन केसी निर्वाचित भएका छन् । महिला उपमहासचिव पदमा भने रजुला जोशी निर्वाचित भएकी छन् ।
यसैगरी, महासंघको सात सचिव पदमा कैलाश बिष्ट, अर्जुन मेचे, मनोज कुमार राई, विवेक अर्याल, किशोर श्रेष्ठ, डिलकुमारी नेपाल र अच्युत खनाल निर्वाचित भएका छन् । महिला सचिव पदमा रेश्मा केसी निर्वाचित भएकी छन् । कोषाध्यक्षमा चन्द्रमान डंगोल निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
-
जनसाङ्ख्यिकीय सङ्क्रमणको कोणबाट युवाका आकाङ्क्षा र राज्यको दायित्व
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण