देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
सारांश
- झापा, जाजरकोट, तनहुँ, बाँके र काभ्रेमा गरी पाँच जनाको शव फेला परेको छ।
- मेचीनगरमा ३७ वर्षीया बिनिता कार्की बुढाथोकी, जाजरकोटमा ५७ वर्षीय धर्म बहादुर शाही, तनहुँमा अन्दाजी ४० वर्षीय पुरुष, बाँकेमा ५५ वर्षीय सुखाराम थारू र काभ्रेमा ५१ वर्षीय खिल बहादुर माझी मृत फेला परेका छन्।
- प्रहरीले यी सबै घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । झापा, जाजरकोट, तनहुँ, बाँके र काभ्रेमा गरी पाँच जना मृत अवस्थामा फेला परेका छन्।
झापाको मेचीनगर नगरपालिका–१२ देवी वस्तु टोल बस्ने ३७ वर्षीया बिनिता कार्की बुढाथोकी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्। त्यसै गरी जाजरकोटको भेरी नगरपालिका–६ खलङ्गादेखि नेटा जाने सडकखण्ड नजिक सोही नगरपालिका–६ गङ्गटे बस्ने ५७ वर्षीय धर्म बहादुर शाही पनि शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
यता तनहुँको घिरिङ गाउँपालिका–४ स्थित कालीगण्डकी नदीमा नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्। बाँकेको राप्तीसोनारी गाउँपालिका–३ बैसास्थित प्रतिक्षालयमा सोही गाउँपालिका–४ कुम्मर बस्ने ५५ वर्षीय हलैया भन्ने सुखाराम थारू शनिबार मृत फेला परेका छन्।
काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित इन्द्रावती खोलाबगरको छेउमा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका–११ भिमटार बस्ने ५१ वर्षीय खिल बहादुर माझी शनिबार मृत अवस्थामा फेला परेका छन्। यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण