बरिष्ठ नेताको निधनप्रति राप्रपा दुःखी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा बोहोराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको र राप्रपा निर्माणमा उहाँको योगदान सदैव स्मरण गर्ने उल्लेख गरिएको छ । साथै बैठकले शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।
वरिष्ठ नेता बोहोराको निधनमा तीन दिन शोक मनाउने, शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटिगत कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने बैठकले निर्णय गरेको छ ।
वरिष्ठ नेता बोहोराको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चैत २० गते बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने र बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने राप्रपाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण