दोस्रो खेलमा पनि पाकिस्तानलाई हराउँदै शृंखला आफ्नो पक्षमा पार्यो न्युजिल्यान्डले
काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानलाई ८४ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै न्युजिल्यान्डले अन्तिम खेलअगावै तीन खेलको शृंखला पनि आफ्नो पक्षमा पारेको छ ।
शृंखलामा न्युजिल्यान्डले २–० को अग्रता हासिल गरेको हो । यसअघि खेलिएको पहिलो एकदिवसीय खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ७३ रनले हराएको थियो । तेस्रो तथा अन्तिम खेल आगामी शनिबार खेलिने छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली पाकिस्तानले भने ४१.२ ओभरमै अलआउट हुनुअघि दुई सय आठ रनमात्र बनाउन सक्यो ।
जवाफी ब्याटिङ गरेको पाकिस्तानी टोलीका फाहिम असरफ र नसिम शाहवाहेक अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । सातौँ नम्बरमा क्रिज समाल्न आएका फाहिम असरफले अर्धशतकीय पाली खेले ।
३१ वर्षीय फाहिम असरफले ७३ रन बनाए । यस क्रममा उनले ८० बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए । अनुभवी अलारउण्डर फाहिम असरफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पहिलो अर्धशतक पनि हो ।
पाकिस्तानी टोलीका माथिल्ला पाँच ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नसिम शाहले पनि अर्धशतक बनाए । उनले टोलीको खातामा ५१ रन थपे । यस क्रममा उनले ४४ बलको सामना गरी चार छक्का र चार चौका हिर्काए ।
२२ वर्षीय अलराउण्डर नसिम शाहले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पहिलो अर्धशतक हो । न्युजिल्यान्डका बलर बेन सियर्स एक्लैले पाँच विकेट लिए । उनले ९.२ ओभरमा ५९ रन खर्चिए । ज्याकब डफीले पनि तीन विकेट हात पारे ।
त्यसअघि, टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डका लागि मिचेल हेले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनी केवल एक रनका कारण शतक पुरा गर्नबाट चुके । सातौँ नम्बरमा क्रिज समाल्न आएका मिचेलले अविजित ९९ रन बनाए ।
यस क्रममा उनले केवल ७८ बलको सामना गरी सात छक्का र सात चौका पनि हिर्काए । २४ वर्षीय मिचेल हेले केवल छैटौँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पहिलो अर्धशतक पनि हो ।
मुहम्मद अब्बासले पनि टोलीका लागि ४१ रनको योगदान गरे । छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले ६६ बलको सामना गरी तीन चौका पनि हिर्काए । ओपनर निक केलीले २३ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३१ रन बनाए ।
हेनरी निकाल्सले पनि टोलीको खातामा २२ रन थपे । उनले ३२ बलमा तीन चौका प्रहार गरे । न्युजिल्यान्डले अतिरिक्त रुपमा पनि ३२ रन पाएको थियो । पाकिस्तानका बलर सुफियान मुकिम र मोहम्मद वसिमले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026