भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका हुन् ।
थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्रासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबिच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
उनले नेपाल र थाइल्याण्डकबिच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता–जनताबिचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरूबिच छलफल भएको बिताए । प्रधानमन्त्री ओलीले नेपालमा होटेल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्यान्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री शिनावात्रालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै छिट्टै नेपालको भ्रमण हुने विश्वास पनि व्यक्त गरे । भ्रमणका क्रममा नेपाल र थाइल्याण्डबिच विभिन्न विषयमा समझदारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानीका लागि आवश्यक र उपयुक्त क्षेत्रहरू प्रशस्त छन् : मन्त्री दाहाल
-
Live Updates : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
-
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : नियमित हाजिरी चेक गर्दा प्रिसाको कोठाबाट आवाज नआएपछि...
-
पाँचौँ भजहर कप फुटबलमा पुलिस क्लब र कर्मचारी ग्रुप विजयी
-
प्रिसा साह मृत्यु प्रकरण : कीट विश्वविद्यालयद्वारा दुःख व्यक्त
-
माओवादीले एक लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेलमा पर्यो : महासचिव देव गुरुङ