पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्डको टिप्पणी– हावालाई कमान्डर बनाएको छ, हेर बुद्धि !
काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई बनाएर पूर्वराजा ज्ञानेन्द्र शाहले बुद्धि बिगारेको बताएका छन् । बुधबार पार्टी निकट महिला सङ्गठन अनेमसंघ (क्रान्तिकारी) लुम्बिनी प्रदेश सम्मेलनलाई कोहलपुरमा सम्बोधन गर्दै प्रचण्डले प्रसाईं जस्तो हावालाई कमान्डर बनाएर ज्ञानेन्द्रले बुद्धि बिगारेको बताएका हुन् ।
‘राजावादीको कमान्डर पूर्वराजा ज्ञानेन्द्र शाहको प्रिय पात्र दुर्गा प्रसाईंजस्तो हावालाई कमान्डर बनायो । त्यस्तो हावालाई कमान्डर बनाएको छ । प्रसाईंलाई के भन्नु हेर ज्ञानेन्द्रको बुद्धि ! त्यस्तालाई कमान्डर बनाएर के गरेको होला ?’,
त्यसकै परिणाम तीनकुनेमा हिंसा, हत्या र लुटपाट भएको प्रचण्डले जिकिर गरे । कार्यक्रममा उनले आफूहरू तराई मधेस जागरण अभियानमा गएको बेला मौका छोपेर राजावादीहरू सलबलाउन थालेपछि त्यसको प्रतिकार गर्न काठमाडौँ फर्किएको उनले जिकिर गरे । प्रचण्डले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै बयलगाडाले गणतन्त्रको रक्षा गर्न नसक्ने देखेर आफूहरूले चैत १५ गते बृहत् आमसभा राखेको दाबी गरे ।
‘हामी मधेस झरेको मौका छोपेर गणतन्त्रविरुद्ध राजावादीहरू सलबलाउन थाले । बयलगाडाले गणतन्त्र संरक्षण गर्न सक्दैन भनेर हामीले काठमाडौँमा विरोध प्रदर्शन गर्यौँ । हामीले भव्यरुपमा विरोधसभा सम्पन्न भएकोमा विश्व नै चकित भएको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण