जापानमा शक्तिशाली भूकम्प
बुधबार, २० चैत २०८१, २२ : २७
टोकियो । म्यानमार र थाइल्याण्डपछि अब जापानमा भूकम्पका गएको छ । क्युशुमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ६ म्याग्निच्युड मापन गरिएको थियो।
मंगलबार राति पनि जापानको क्युशु टापुमा पनि भूकम्प गएको थियो । यसको एक दिन पछि बुधबार साँझ शक्तिशाली भूकम्पको झट्का महसुस गरियो। भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षतिको रिपोर्ट आएको छैन।
हालै म्यानमार र थाइल्याण्डमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले दुवै देशमा धेरै क्षति पुर्यायो। म्यानमारमा मृत्यु हुनेको संख्या ३ हजार नजिक पुगेको छ भने धेरै मानिसहरू अझै बेपत्ता छन्। थाइल्याण्डको बैंककमा ३० तले भवन भत्किँदा भग्नावशेषमुनि १० जनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण