तीनकुने प्रदर्शनमा निर्दोषमाथि पनि गोली चलाइएकोमा इन्जिनियरिङ अध्ययन संस्थान स्ववियुको आपत्ति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानका स्वतन्त्र विद्यार्थी युनियनका नेतृत्वकर्ताहरूले तीनकुनेमा भएको प्रदर्शनको क्रममा निर्दोषमाथि पनि गोली चलाइएकोमा आपत्ति जनाएका छन् ।
सो क्रममा आफ्नो निवास जाँदै गर्दा गोली लागेर घाइते भएका रेविका खत्री र उनका दाजुप्रति आफ्नो गहिरो दुःख, सहानुभूति र चिन्ता व्यक्त उक्त घटना निन्दनीय भएको उनीहरूको ठहर छ ।
निर्दोष नागरिकमाथि यस्तो हिंसा कहिल्यै न्यायोचित हुन सक्दैन । घटनाका दोषीहरू तुरुन्तै पहिचान गरी कानुनको कडा दायरामा ल्याइएर न्यायिक प्रक्रिया पूरा गर्न हामी जोडदार माग राख्दछौँ । रेविका र उनका दाजुको शीघ्र स्वास्थ्य लाभका लागि हामी आशा र प्रार्थना गर्दछौँ । जारी विज्ञप्तिमा उल्लेख छ ।
घाइतेले आवश्यक कानुनी र चिकित्सकीय सहयोग उपलब्ध होस् भन्ने मागका साथ उनीहरुले यो घटनाले विद्यार्थी समुदायलाई गहिरो स्तरमा प्रभावित गरेको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण