तीनकुने प्रदर्शनमा निर्दोषमाथि पनि गोली चलाइएकोमा इन्जिनियरिङ अध्ययन संस्थान स्ववियुको आपत्ति
_h8gBdqvKMJ.jpg)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानका स्वतन्त्र विद्यार्थी युनियनका नेतृत्वकर्ताहरूले तीनकुनेमा भएको प्रदर्शनको क्रममा निर्दोषमाथि पनि गोली चलाइएकोमा आपत्ति जनाएका छन् ।
सो क्रममा आफ्नो निवास जाँदै गर्दा गोली लागेर घाइते भएका रेविका खत्री र उनका दाजुप्रति आफ्नो गहिरो दुःख, सहानुभूति र चिन्ता व्यक्त उक्त घटना निन्दनीय भएको उनीहरूको ठहर छ ।
निर्दोष नागरिकमाथि यस्तो हिंसा कहिल्यै न्यायोचित हुन सक्दैन । घटनाका दोषीहरू तुरुन्तै पहिचान गरी कानुनको कडा दायरामा ल्याइएर न्यायिक प्रक्रिया पूरा गर्न हामी जोडदार माग राख्दछौँ । रेविका र उनका दाजुको शीघ्र स्वास्थ्य लाभका लागि हामी आशा र प्रार्थना गर्दछौँ । जारी विज्ञप्तिमा उल्लेख छ ।
घाइतेले आवश्यक कानुनी र चिकित्सकीय सहयोग उपलब्ध होस् भन्ने मागका साथ उनीहरुले यो घटनाले विद्यार्थी समुदायलाई गहिरो स्तरमा प्रभावित गरेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)
-
सेती नदीमा अज्ञात पुरूषको शव फेला
-
नेपालमा पहिलोपटक रोयल टुलिप होटल उद्घाटन, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार
-
श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप