कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
सारांश
- आजको पञ्चाङ्ग अनुसार वि.सं.२०८३ साल साउन ५ गते मंगलबार, इस्वी सन् २०२६ जुलाई २१ को दिन हो ।
- मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशिका लागि आजको राशिफल प्रस्तुत गरिएको छ ।
- शुभकार्य तथा यात्राका लागि लाभ र अमृत बेलाको समय पारेर गर्न सुझाव दिइएको छ ।
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन ५ गते । मंगलबार । इस्वी सन् २०२६ जुलाई २१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–सप्तमी, बिहान ७ बजेर १५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–चित्रा, रातको १२ बजेर २१ मिनेट उप्रान्त स्वाती । योग–सिद्ध, बेलुकी १० बजेर ४० मिनेट उप्रान्त साध्य । करण–वणिज, बिहान ७ बजेर १५ मिनेट उप्रान्त भद्रा, बेलुकी ७ बजेर २७ मिनेट उप्रान्त बव । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–कन्या, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त तुला ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर २२ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५७ मिनेट । दिनमान ३३ घडी ५९ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर २२ मिनेटसम्म रोग बेला ।
- बिहान ५ बजेर २३ मिनेटदेखि बिहान ७ बजेर ४ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ७ बजेर ५ मिनेटदेखि बिहान ८ बजेर ४६ मिनेटसम्म चर बेला ।
- बिहान ८ बजेर ४७ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म लाभ बेला ।
- बिहान १० बजेर २९ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म अमृत बेला ।
- दिउँसो १२ बजेर १० मिनेटदेखि दिउँसो १ बजेर ५१ मिनेटसम्म काल बेला ।
- दिउँसो १ बजेर ५२ मिनेटदेखि दिउँसो ३ बजेर ३३ मिनेटसम्म शुभ बेला ।
- दिउँसो ३ बजेर ३४ मिनेटदेखि बेलुकी ५ बजेर १५ मिनेटसम्म रोग बेला ।
- बेलुकी ५ बजेर १६ मिनेटदेखि बेलुकी ८ बजेर १५ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो ३ बजेर ३३ मिनेटदेखि बेलुकी ५ बजेर १५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ४६ मिनेटदेखि बिहान ४ बजेर ३४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शेयर बजार तथा वित्तीय क्षेत्रमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अगि बढ्न सकिनेछ । बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । पढाइ लेखाइमा गरिएको मेहनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा शेयर बजारमा आज गरिने लगानीबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्यम रहेकोले सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले शिक्षा क्षेत्रमा लगानी गर्नेहरूका लागी समयले साथ दिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आमा वा आमासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाइ लेखाइमा विभिन्न कारणले समय दिन सकिने छैन । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उद्योग ,शेयर बजार तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिनेहरूका लागी समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाइ तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बन्द व्यापार तथा शेयर बजारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बोलीकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा कल्याणकारी कामबाट नाम कमाउन सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मिष्ठान्न भोजन, उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरू फेला पर्नेछन् । कार्यक्षेत्रमा तपाईँको कामदेखेर सबै जना प्रसन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । बिहानको समयमा कष्टकर यात्रा नहोला भन्न सकिन्न । काम बिग्रने हुनाले दण्ड वा जरिवाना तिर्नु पर्ने हुन सक्छ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । तर पनि लामो दुरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । समयमा कामहरू फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । वित्तीय बजारमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाढता थपिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । बिहानको समयमा धार्मिक यात्राको योग रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कार्यक्षेत्रमा राम्रो काम गर्न नसक्दा मान सम्मानमा कमीको महसुस हुनेछ । समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । स्वास्थ्य कमजोर रहने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछैन । मध्यान्हबाट समय राम्रो रहेकोले काम वा अध्ययनको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय, अनलाइन व्यापारबाट उल्लेख्य नाफा कमाउन सकिनेछ । अध्ययन मन जाने वा अध्ययनकै सवालमा यात्रा हुनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । मध्यान्हबाट भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नु होला । दिदी तथा यिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईँदेखि टाढिन सक्छन् ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण