काठमाडौँ विश्वविद्यालयले आफ्ना माग पुरा नगरको भन्दै अखिल क्रान्तिकारीद्वारा आन्दोलन घोषणा
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) आफूले उठाएका मागहरू काठमााडौँ विश्वविद्यालयले सुनुवाई नगरेको भन्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।
क्रान्तिकारी काठमाडौं विश्वविद्यालय राष्ट्रिय समितिले चैत १२ गते विश्वद्यिालयसमक्ष माग पत्र बुझाएको थियो । तर आठ दिन वितिसक्दा समेत प्रशासन र विद्यार्थी कल्याण निर्देशनालयले मागप्रति वेवास्ता गरेकोले आन्दोलन घोषणा गर्न बाध्य भएको विश्वविद्यालय राष्ट्रिय समितिका संयोजक सन्तोष बुढाथोकीले जानकारी दिए ।
क्रान्तिकारीले विद्यार्थी कल्याण परिषद्को चुनाव प्रत्यक्ष प्रणाली मार्फत हुनुपर्ने, फार्मेसी २२ र २३ व्याचका विद्यार्थीहरुले पाउनुपर्ने छात्रवृत्ति नपाएकोले तत्काल छात्रवृत्ति प्रदान गरिनुपर्ने र विश्वविद्यालयको ऐन र नियम विपरित भएका सबै पदहरु खारेज गरिनुपर्ने माग राखेको थियो ।
संयोजक बुढाथोकीले विगतमा पनि विद्यार्थीका कयौं जायज मागहरु उपर प्रशासनले सहमति मात्र गरेको तर कार्यान्वयन नगरेको संगठनले आरोप लगाएको छ ।
‘प्राथमिक स्वास्थ्य केन्द्र स्थापना, भर्ना समय अगावै छात्रवृत्ति सुनिश्चितता, नयाँ भर्ना गरेका विद्यार्थीको कक्षा संचालन अगावै आवासको सुनिश्चितता, आवश्यकताको आधारमा पाएको छात्रवृत्तिहरु कुनैपनि बहानामा खारेज नगर्ने जस्ता मागहरुमा सहमती भएको तर कार्यान्वयन भएको छैन’, उनले भने, ‘प्रशासनले विद्यार्थीहरुका हक अधिकार कुन्ठित गर्न खोजेको र जायज मागहरुलाई वेवास्ता गरेकोले प्रशासनलाई दवाव सृजना गर्न शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।’
क्रान्तिकारीले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने जनाएको छ । तर, यदि विद्यार्थीका जायज मागहरू वेवास्ता गरिए थप कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
क्रन्तिकारीले आज विद्यार्थी कल्याण निर्देशनालयमा तालाबन्दी गर्ने, शनिबार एडमिन ब्लक बाहिर जागरण सभा गर्ने, चैत २५ गते सांकेतिक विरोध प्रर्दशन गर्ने कार्यक्रम राखेको छ । यस्तै चैत २६ गते स्कुल अफ इन्जिनियरिङ र साइन्स तालाबन्दी गर्ने र चैत २७ गते रिले अनशनको सुरु गर्ने कार्यक्रम रहेको छ ।
विश्वविद्यालयको पठनपाठनलाई असर नपर्ने गरी अघि बढाउने प्रतिबद्धता जनाएको बुढाथोकीले जानकारी दिए ।
यस्ता छन् मागहरूः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण