बुद्धि बिग्रिएकाहरूले सक्रिय राजसंस्थाको कुरा गर्छन्: राप्रपा उपाध्यक्ष
शुक्रबार, २२ चैत २०८१, १७ : ४२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले बुद्धि बिग्रिएकाहरूले सक्रिय राजसंस्थाको कुरा गर्ने गरेको टिप्पणी गरेका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले २१ औँ शताब्दीमा सक्रिय राजसंस्था खोज्नेहरू मानसिक रूपमा ठिक नभएको टिप्पणी गरेका हुन् ।
अहिलेको अवस्थामा सक्रिय राजसंस्था स्थापना गर्न सम्भव नभएको उनले बताए । गणतन्त्रवादी दलहरूले राजामा भूत देखेका कारण फोटो देखे पनि तर्सिने गरेको उनको भनाइ छ । उनले आफूहरू स्पष्ट रूपमा अभिभावकको रूपमा राजसंस्था राख्ने एजेन्डा बोकेको कारण फोटो खिच्दैमा नतर्सिन आग्रह गरे ।
उनले कुनै पनि आन्दोलनलाई सामान्य रूपमा लिन नहुने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण