नेपाल मोबाइल वितरक संघको अध्यक्षमा रघु त्रिपाठी
शुक्रबार, २२ चैत २०८१, २० : ०५
काठमाडौं । नेपाल मोबाइल वितरक संघ अध्यक्षमा रघु त्रिपाठी निर्वाचित भएका छन् । नगरकोटमा शुक्रबार सम्पन्न संघको तेस्रो महाधिवेशनले त्रिपाठीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
संघमा उनीसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा हरि केसी, उपाध्यक्षमा रामनारायण दास, महासचिव बाल नरसिंह कुँवर, सचिव नवीन बाँस्तोला, कोषाध्यक्ष रामचन्द्र श्रेष्ठ, सहकोषाध्यक्ष विनोद केसी छन् ।
त्यसैगरी, सदस्यहरूमा दिपेन्द्र चौलागाईं, विजय चौधरी, निकित अग्रवाल, श्रीशान्त थापा, दीपक कोइराला, चित्र बस्नेत तथा निशान्त कुमार अग्रवाल चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण