कैलालीमा एमालेले प्रदेशस्तरीय विशेष सभा गर्ने
धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत २९ गते कैलालीको धनगढीस्थित पार्कमोडमा प्रदेशस्तरीय बृहत् विशेष सभा आयोजना गर्ने भएको छ। शुक्रबार बसेको एमाले प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकले सभाको तयारी तीव्र पारिएको जनाएको छ।
विभाग प्रमुख तथा प्रदेश उपसचिव भागरथी विष्टका अनुसार लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समय देखिएका अराजक गतिविधिविरुद्ध खबरदारी गर्न सभा आयोजना गरिन लागेको हो।पार्टीका प्रदेश सचिव रणबहादुर चन्दले हाल देशभर सञ्चालन भइरहेको वडा केन्द्रित टोल अभियानकै निरन्तरताका रूपमा यो सभा हुन लागेको बताए। हाल टोल केन्द्रित वडा अभियान चलिरहेको छ । त्यसै अभियानको भागका रूपमा यो सभा आयोजना हुँदैछ।
प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि जनतालाई सचेत पार्ने उद्देश्यले बृहत् कार्यक्रमको आयोजना गरिएको बताए। ´पूर्वराजाका नाममा अराजक तत्त्वहरूले समाजमा अशान्ति फैलाउने प्रयास गरिरहेका छन्, त्यसविरुद्ध खबरदारी गर्न पनि यो सभा आयोजना गरिएको हो,` उनले भने।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण