ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना
शनिबार, २३ चैत २०८१, १६ : ३०
लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। लखनउमा मुम्बई इन्डियन्स विरुद्धको खेलमा पन्तको टोलीको ढिलो ओभर रेटका कारण पन्तलाई यो जरिवाना लगाइएको हो।
यो आईपीएल आचारसंहिताको धारा २.२२ को उल्लङ्घन हो। यसैबिच, लखनऊ सुपर जायन्ट्सका बलर दिग्वेश सिंहलाई पनि आईपीएल आचारसंहिता उल्लङ्घनको दोषी ठहराइएको छ। उनलाई आधा म्याच फि जरिवाना गरिएको छ।
यो सिजनमा धारा २.५ अन्तर्गत उनको दोस्रो लेभल १ अपराध थियो। विकेट लिएपछि उनले एउटा यस्तो इशारा गरे जुन म्याच रेफ्रीले आपत्तिजनक पाएका थिए। लेभल १ अपराध अन्तर्गत म्याच रेफ्रीको निर्णय अन्तिम र निर्णायक मानिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण