फैसला हेरेर कस्ता ट्यालेन्टेड न्यायाधीशहरू आएछन् भन्ने लाग्यो : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आज चितवनको जनयात्रा कार्यक्रममा सम्बोधन गर्न नदिनैका लागि पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार राति नै पक्राउ गरिएको आरोप लगाएका छन् । शनिबार चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन नदिन लामो समयदेखि प्रपञ्च बुनिएको उनले बताएका हुन् ।
उनले भने– ‘सभापतिज्यूले आज केही कुरा राख्ने उद्घोष गर्नुभएको थियो । सायद त्यो कुराले डराएर पनि हुनसक्छ । यो कार्यक्रममा कुनै हालतमा सहभागी हुन नदिन लामो समयदेखि प्रपञ्च बुनिराखेको म बुझ्छु ।’ शुक्रबार साँझ सभापति लामिछानेसँग कुरा हुँदा उनले सर्वोच्च अदालतमा जाने आफूलाई बताएको वाग्लेले सुनाए । उनका अनुसार सो कुराकानीमा लामिछानेले आफूलाई आज नै पक्राउ गर्छ भन्ने नलागेको बताएका थिए ।
‘भोलि चितवनमा सहभागी भएर कहाँ जानुपर्ने हो जान्छु भनेर भन्नुभएको थियो,’ उनले भने, ‘७ बजेतिर फैसला आउने, दुनियाँको ठुलो अपराधीलाई पक्राउन गर्न लागेको जस्तो गरेर, आकाश नै खस्ला जस्तो गरेर धरपकड गरियो । यो असाध्य निन्दनीय छ ।’
आज बुटवल लैजान अघि लामिछानेसँग भएको कुराकानी उद्धृत गर्दै भने, ‘हेर्नुस् के के न बित्यो भनेर ल्यायो । दाल भात खुवाएर राखेका छन्, आज पनि बिदा भोलि पनि बिदा ।’
वाग्लेले उच्च अदालतले रविलाई पक्राउ गर्न भनेर दिएको ७–८ पानाको फैसलामा क्यानडा, हिन्दुस्तानको उदाहरणहरू दिइएको सुनाए । उनले भने, ‘कस्ता कस्ता ट्यालेन्टेड न्यायामूर्तिहरु आएछन् भन्ने लाग्यो । त्यो बहस सकिएको दिन लेख्न सक्ने फैसला नै थिएन । त्यो तानाबाना पहिले नै बुनिएको रहेछ ।’
यसले चितवनमा बोल्न नदिन कानुनराजको धज्जी उडाएको प्रमाणित भएको दाबी उनले गरे । उनले अरूले लोकतन्त्र र गणतन्त्रको खोल मात्र ओढ्ने भए पनि आफ्नो पार्टी विधिको शासन मान्ने पार्टी भएको जिकिर गरे । उनले यही व्यवस्थालाई थप सुदृढ बनाउनुपर्छ भनेर मन वचनले काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण