सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थ

तोलामा १९०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

आइतबार, २४ चैत २०८१, १० : ४५
आइतबार, २४ चैत २०८१

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो । 

जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँ कायम थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप