ट्रम्प ट्यारिफ प्रभाव : विश्वव्यापीकरणको युग अन्त्य भएको घोषणा गर्दैछन् बेलायती प्रधानमन्त्री
लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमा कर लगाउने निर्णय गरेपछि विश्वभर उथलपुथलको माहौल छ । यस्तोमा बेलायती प्रधानमन्त्री कीर स्टार्मरले सोमबार ठुलो घोषणा गर्न लागेका छन् ।
सञ्चारमाध्यमहरूमा छापिएका खबरअनुसार कीर स्टार्मरले सोमबार राष्ट्रलाई सम्बोधन गर्नेछन् । यो सम्बोधनका क्रममा उनले विश्वव्यापीकरणको युगको अन्त्यको घोषणा गर्न सक्छन् ।
सोभियत सङ्घको पतनपछि सुरु भएको थियो विश्वव्यापीकरण
१९९१ मा सोभियत सङ्घको पतनपछि विश्वमा विश्वव्यापीकरण सुरु भएको थियो । विगत केही दशकमा विश्वव्यापीकरण फस्टाएको छ र यसले विश्वभर बजारहरू खोलेको छ । तर, ट्रम्पले पारस्परिक भन्सार लगाउने घोषणा गरेर विश्वव्यापी अर्थतन्त्रमा अनिश्चय उत्पन्न गराएका छन् ।
खबरका अनुसार स्टार्मरले सोमबार विश्वव्यापीकरणको अन्त्यको घोषणा गर्न सक्नेछन् । ट्रम्पको कर लगाउने निर्णयबाट स्टारमर निराश भएका छन् । यो नयाँ युगको सुरुवात हुनसक्छ भन्ने विश्वास उनको छ ।
‘विश्वव्यापीकरणले अब धेरै मानिसहरूलाई फाइदा पुर्याइरहेको छैन । व्यापार युद्ध समाधान हो भन्ने हामी विश्वास गर्दैनौँ । तर यो फरक बाटो पनि हुनसक्छ है भनेर देखाउने अवसर हुनसक्छ’ स्टार्मरले भने ।
अतिरिक्त भन्सार महसुल लगाएपछि विभिन्न देशहरूले आफ्नो उत्पादन क्षमता र घरेलु उत्पादन बढाउनमा ध्यान केन्द्रित गर्न सक्छन् । स्टार्मरले झैँ बेलायती बहुराष्ट्रिय बैंक एचएसबीसीका प्रमुख सर मार्क टकर पनि विश्वव्यापीकरणको युग समाप्त भएको भविष्यवाणी गरेका छन् ।
ट्रम्पको आक्रामक व्यापार नीतिले विश्वलाई साना समूहहरूमा विभाजित गर्न सक्ने गत महिना हङकङमा भएको लगानी सम्मेलनमा उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण