राजावादी प्रदर्शन
तीनकुनेको घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ
सोमबार, २५ चैत २०८१, १४ : ५५

काठमाडौँ । काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा संलग्न आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कुँवर अभिनेत्री समेत हुन् ।
घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले रातोपाटीलाई बताए ।
उनले भने, ‘अनुसन्धानको लागि उहाँलाई हामीले ललितपुरबाट पक्राउ गरेका छौँ ।’ कुँवरले एक दशकअघि फिल्म ब्रह्माबाट रजतपट यात्रा सुरु गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली