अमेरिकामा बालिकाहरूमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले हान्यो गोली
वासिङटन डीसी । अमेरिकामा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले गोली हानेको छ ।
आइतबार बिहान अमेरिकाको न्युयोर्कको ब्रुकलिनमा रहेको आफ्नै घरमा ४९ वर्षीय एक पुरुषले ८ देखि १६ वर्ष उमेरका चार बालिकामाथि चक्कु र मासु काट्ने धारिलो हतियारले आक्रमण गरेका थिए ।
बालिकाहरू आक्रमणकारीका आफन्त भएका समाचारहरूमा उल्लेख छ । ती सबै गम्भीर घाइते भएका छन् । तर, यिनीहरूको ज्यान बचेको अधिकारीहरूले बताएका छन् । आक्रमणपछि ११ वर्षीया बालिकाले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् ।
प्रहरी घटनास्थलमा पुग्दा संदिग्ध व्यक्ति ढोकामा रगतले लतपतिएको हतियारको साथमा फेला परेका थिए ।
प्रहरीले उनलाई हतियार फ्याँक्न भनेका थिए । तर उनले हतियार फ्याक्न मानेनन् अनि उल्टै प्रहरी भएको ठाउँतिर लागे । त्यसपछि प्रहरीले उनलाई रोक्न गोली चलाउनुपरेको जनाएको छ । अभियुक्तलाई अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले घरबाट दुई वटा धारिलो हतियार बरामद गरेको छ । यस विषयमा अनुसन्धान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण