हिउँपहिरोमा दुई जना बेपत्ता
सोमबार, २५ चैत २०८१, १६ : ५६

म्याग्दी । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुई जना बेपत्ता भएका छन् ।
अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताए ।
आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिए ।
पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा र मुख्यसचिवको फरक–फरक धारणाले गिजोलियो कर्मचारी विधेयक
-
महिमानसिंह विष्टलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे, शुक्रबार पेसी
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- बिमा कम्पनी सहर केन्द्रित भए,गाउँ बस्तीमा विस्तार गर्नुहोस्
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति