शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय

कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ, खैरो हेरोइन बरामद

मङ्गलबार, २६ चैत २०८१, ०९ : ३६
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । कैलाली प्रहरीले एक किशोरीसहित ४ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट लागु औषध खैरो हेरोइन फेला परेसँगै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित एक होटलबाट प्रहरीले पक्राउ गरेको हो । 

 लागु औषध कारोबार भइहरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको  संयुक्त प्रहरी टोलीले उनीहरूको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष २०  का सुरेश बिष्ट, भिमदत्त नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २३ का लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष १९ का रिजन कठायत र कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोक बस्ने बर्ष १८ की किशोरी आशिका सिजापती रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप