कम्युनिस्ट एकताको झण्डा छाड्दैनौँ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका कम्युनिस्ट एकता नटिके पनि एकताबाट पछि हट्न नहुने बताएका छन् । मंगलबार प्रगतिशील लेखकसंघको नयाँ नेतृत्वलाई शुभकामना दिँदै अध्यक्ष प्रचण्डले माओवादीले कम्युनिस्ट एकताका लागि पछिल्लो पार्टी बैठकबाटै एकमतले निर्णय गरेको पनि बताएका हुन् ।
‘पछिल्लो चरणमा दुई प्रभावशाली कम्युनिस्ट पाटीबिच एकता भयो पनि । सवैले त्यसलाई अनुमोदन पनि गरे । तर बचाउन सकेनौँ । झण्डै दुई तिहाइ नजिक पुग्दा पनि इतिहासमा नाम रहने काम गर्न सकेनौँ पार्टी एकता पनि बचाउन सकेनौँ’, प्रचण्डको भनाइ छ ।
उनले त्यसबाट शिक्षा लिएर फेरि पनि कम्युनिस्ट एकताका लागि प्रयास निरन्तर राख्नुपर्ने बताए । ‘हामी विभाजित पनि भयौ, एकअर्कामा तितो आलोचना छ । तर पनि एकताको झण्डा छाडेका छैनौ । छोड्नु हुँदैन भन्नेमा प्रस्ट छौ’, प्रचण्डले भने, ‘प्रलेसले वैचारिक, सांस्कृतिक ढंगले त्यो वातावरण बनाउने भूमिका सक्रिय रुपमा खेल्नुहोला । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण