कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव
रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिस्टका नेताहरूकै कारण देशमा विकास हुन नसकेको टिप्पणी गरेका छन् ।
देशमा बहुदलीय व्यवस्था लागु भएको ३५ वर्षदेखि कांग्रेस र कम्युनिस्टले पालैपालो सत्तामा रहेर सरकार चलाउँदै आएको तर देशमा विकास हुनुको सट्टा देशमा चरम गरिबी र बेरोजगारी बढ्दै गएको जिकिर गरेका हुन्।
जसपा नेपाल जिल्ला कार्य समिति रौतहटको प्रथम जिल्ला अधिवेशन कार्यक्रममा मंगलबार बोल्दै उनले कांग्रेस कम्युनिस्टको हातमा शासन सत्ता रहेसम्म यो देशको कहिल्यै विकास सम्भव नरहेको दाबी गरेका छन्। दुई दलका नेताहरूले देशको अर्थतन्त्र धराशायी बनाएको कारण कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यको अवस्था नाजुक बन्दै गएको उनको भनाई रहेको छ।
देशमा रहेका ठुलाठुला उद्योग धन्दा, कलकारखाना, कम्पनी बन्द हुँदा रोजगारीको लागि युवाहरू विदेश पलायन हुन बाध्य भइरहेको उनले बताए । अध्यक्ष यादवले आगामी २०८४ मा हुने निर्वाचनमा जसपा नेपाललाई अत्यधिक बहुमत दिएर जिताउन माधेशवासीलाई आग्रह गरे।
विगतका दिनमा भएको मधेस जनविद्रोहको बलमा आएको लोकतन्त्र, गणतन्त्र र संघीयतालाई केही तत्त्वले समाप्त पार्ने षडयन्त्र गरिरहेको बताउँदै हजारौँ मधेसी सपुतको सहादतको बलमा स्थापित संघीयतालाई समाप्त गर्ने कोसिस गर्नेहरू आफै समाप्त हुने उनले चेतावनी दिएका छन्।
जसपाको प्रथम जिल्ला अधिवेशन जिल्लाको मध्य भाग गरुडा स्थित होटल एन प्लाजामा मंगलवार देखि सुरु भएको छ । यादवको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भई मंगलबार रातीदेखि बन्दसत्र सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित
-
ट्रम्पको बहुलठ्ठीपनः अमेरिकी साम्राज्यवादको संकट
-
गण्डकीमा थपिँदै रुग्ण आयोजना, ५४ ठुला आयोजना अलपत्र
-
च्यासलमा सुरु भयो एमाले संसदीय दलको बैठक
-
'अमेरिका–इरान सम्झौताको भविष्य प्रतिबद्धताको कार्यान्वयनले तय गर्छ'
-
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण