राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित
मङ्गलबार, ०९ असार २०८३, १४ : ३५
सारांश
- राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायकहरू सेवाग्राहीको गुनासो र उजुरीका आधारमा निलम्बनमा परेका छन्।
- उनीहरूमाथि सेवाग्राहीलाई मर्का पारेको र व्यावसायिक आचरण विपरीत कार्य गरेको आरोप लागेको छ।
- यस विषयमा थप छानबिन गर्न अस्पताल प्रशासनले एक उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीमा कार्यरत तीन जना फार्मेसी सहायक निलम्बनमा परेका छन्।
सेवाग्राहीहरूबाट प्राप्त विभिन्न गुनासो तथा सोही आधारमा दर्ता भएका उजुरीहरूमाथि गरिएको प्रारम्भिक अनुसन्धानबाट आरोपहरू पुष्टि भएपछि अस्पताल प्रशासनले मंगलबार उनीहरूलाई निलम्बन गरेको हो।
निलम्बित कर्मचारीहरूमाथि सेवाग्राहीलाई मर्का पारेको र व्यावसायिक आचरण विपरीत कार्य गरेको आरोप लागेको छ।
निलम्बन लगत्तै अस्पताल प्रशासनले यस विषयमा विस्तृत छानबिन गर्नका लागि एक छानबिन समिति समेत गठन गरेको अस्पतालका निर्देशक डा.रुद्र मरासिनीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण