हरायो चेन्नईको चमक, लगातार चौथो हार
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले लगातार चौथो हार व्यहोरेको छ । मुल्लानपुरमा चेन्नई पञ्जाब किङ्ससँग १८ रनले पराजित भएको हो ।
पञ्जाबले पेश गरेको २२० रनको चुनौती पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो । चेन्नईका लागि सुरुवाती व्याट्सम्यान डेभन कन्वेले सर्वाधिक ६९ रन बनाए । ४९ बल खर्चिएका उनी ६ चौका र दुई छक्का प्रहार गर्दै रिटायर्ड आउट भए ।
शिवम दुबेले २७ बलमा तीन चौका र दुई छक्काको मद्दतले ४२ रन बनाए । उनी आउट भएसँगै क्रिजमा आएका महेन्द्रसिंह धोनीले २७ र अर्का सुरुवाती व्याटर रचिन रवीन्द्रले ३६ रन बनाए ।
पञ्जाबलाई बलियो साबित गर्न लोकी फर्गुसनले सर्वाधिक दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले ४० रन खर्चिएका थिए । यसअघि, महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मुल्लानपुरमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेट गुमाएर २१९ रन बनाएको थियो । प्रियान्स आर्याले सर्वाधिक अर्थात् शतक रन (१०३) बनाए । ४२ बल खेलेका उनले सात चौका र नौ छक्का प्रहार गरेर उच्च स्कोर बनाएका हुन् ।
यस्तै, शशांक सिंहले अविजित रहँदै ३६ बलमा दुई चौका र तीन छक्कासहित अर्धशतक अर्थात् ५२ रन बनाए । मार्को जनसेनले अविजित ३४ रनको योगदान गरे ।
बलिङतर्फ चेन्नईका खालिल अहमद र रवीचन्द्रन अश्विनको नाममा समान दुई विकेट रह्यो । चेन्नईले मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । जुन लय कायम राख्न नसक्दा चेन्नईले लगातार चार खेल गुमाउनु परेको छ ।
पञ्जाबसँग हार्नुअघि चेन्नई रोयल्स च्यालेन्जर्स बैंग्लोर, राजस्थान रोयल्स र दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो । योसँगै पञ्जाबले चार खेलबाट ६ अंक पुर्याएको छ भने एक खेल बढी अर्थात् पाँच खेल खेलेको चेन्नईको भने जम्मा दुई अंक मात्रै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
-
इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
-
पटनाका दुग्ध उत्पादक किसान चितवनमा
-
‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण