धरानको पानबारीस्थित जङ्गलमा एक महिला मृत फेला, हत्या गरेको आशङ्का
बुधबार, २७ चैत २०८१, १२ : २८
विराटनगर । सुनसरीको धरान–६ पानबारीस्थित जङ्गलमा एक अधबैँसे महिला मृत फेला परेकी छिन् । अन्दाजी ३५–४० वर्षजस्तो देखिने ती महिलाको पहिचान अहिलेसम्म खुल्न नसकेको धरानका प्रहरी प्रमुख डिएसपी प्रकाश जबेगूले बताए ।
पानबारीको लिम्बुचौरीदेखि केही तलको जङ्गलमा ती महिलाको शव फेला परेको हो । नाङ्गो अवस्थामा फेला परेकी ती महिलाको हत्या भएको हो कि के हो भन्ने विषयमा अहिले नै केही भन्न नसकिने जबेगूले बताए ।
स्थानीयले भने उनको बलात्कार पछि हत्या भएको हुनसक्ने आशङ्का गरेका छन् । महिलाको शरीरको माथिल्लो भागमा लुगा लगाएको देखिन्छ भने घाँटीमा कालो कपडाले बाँधेर रुखमा लगेर बाँधिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण