चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
काठमाडौँ । चैत २९ देखि ३१ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने भएको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपाल (सोनेट) को आयोजनामा हुन लागेको उक्त सम्मेलन भौतिक मन्त्रालय र शहरी विकास मन्त्रालयको सह-आयोजना रहेको जनाइएको छ ।
सोनेटले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिइएको हो । दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ ।
सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल अध्यक्ष डा. हरेराम श्रेष्ठलेले स्मार्ट यातायात प्रणालीको प्रवर्द्धन कृत्रिम बुद्धिमत्ता र बौद्धिक यातायात प्रणालीको प्रयोगद्वारा स्मार्ट यातायात सेवा विस्तार गर्न सम्मेलनले मदत गर्ने बताए ।
उनले उत्थानशील पूर्वाधारको विकास प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा अन्य विपद्हरुको सामना गर्न सक्ने यातायात प्रणालीको निर्माण गर्नु सम्मेलनको उद्देश्य रहेको उल्लेख गरे ।
‘यस सम्मेलनले यातायात क्षेत्रलाई सुरक्षित दिगो, प्रभावकारी र उत्थानशील बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने,‘ विभिन्न सरोकारवालबीच सहकार्य गरी प्रभावकारी नीति निर्माण प्रविधिको प्रयोग र यातायात संरचनामा सुधारका उपायहरुबारे छलफल गरिनेछ । साथै यस सम्मेलनमा १२ भन्दा बढी मुलुकका विज्ञहरुको सहभागिता रहनेछ र १६ वटा सेशनमा छलफल गरिनेछ । २२ जना अन्तराष्ट्रिय वक्ता र ४५ भन्दा बढी राष्ट्रिय वक्ता तथा प्यानलिस्टहरुको उपस्थितिमा छलफल गरिने छ ।’
यस सम्मेलनले नेपालको यातायात क्षेत्रलाई सुरक्षित, दिगो, प्रभावकारी र उत्थानशील बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको अध्यक्ष श्रेष्ठको दाबी छ । । उनले विभिन्न सरोकारवालासँग सहकार्य गरी प्रभावकारी नीति निर्माण, प्रयोग र यातायात सञ्चालनमा सुधारका उपाय खोजिने बताए । सम्मेलनले नेपालको यातायात प्राणालीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन योगदान गर्ने पनि श्रेष्ठको भनाइ छ ।
यस्तै इन्जिनियर हेमन्त तिवारीले उक्त सम्मेलनको पहिलो दिन विदेशी विज्ञहरुसँग छलफलहुने, दोस्रो दिन नेपालका एकेडेमिक क्षेत्रका सरोकरवालाहरुसँग र तेस्रो दिन सम्बद्ध सरकारी निकायहरुसँग रोड मेन्टिनेन्स रोड सेफ्टीको विषयमा छलफल गरिने जानकारी दिए ।
साथै सम्मेलनमा यातायात क्षेत्रका विज्ञहरु, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता र सरोकारवाला निकायबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार, भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे गहन छलफल हुनेछ जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
-
बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
ब्राजिलबाट आयातित केही वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउँदै अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण