पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]
![पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]](https://npcdn.ratopati.com/media/news/dip-prajwalan_cOKR6ZHZkt.jpg)
काठमाडौं। पत्रकार सुरेश रजकको सम्झनामा माइतीघरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा बुधबार माइतीघर मण्डलामा पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त सभा आयोजना गरिएको हो ।
श्रद्धाञ्जली सभामा पत्रकारहरूले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनीहरूले श्रद्धाञ्जली सभामा सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए ।
गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्यु भएको थियो ।
पत्रकार महासंघले सरकारलाई दिएको ७ दिने अल्टिमेटम सकिएपछी दोस्रो चरणको बिरोध कार्यक्रम अन्तर्गत आज देशैभरी श्रद्धाञ्जली सभा र दिप प्रज्वलन गरिएको हो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासंघ उपाध्यक्ष उमिद बागचनले पत्रकार सुरेश रजतको हत्या सम्बन्धमा स्वतन्त्र छानबिन समिति नबनेसम्म महासंघले आन्दोलन कार्यक्रम जारी राख्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि