कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटन
विराटनगर । प्रदेश सरकारले महत्त्वको साथ घोषणा गरेको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ उद्घाटन भएको छ ।
तेह्रथुमको तिनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रबाट पर्यटन वर्षको उद्घाटन भएको हो । पर्यटन वर्षको उद्घाटन सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन् ।
गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा यस पटक भने गुराँस फुलेको छैन ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंह र कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीलगायतले पर्यटक आवागमनमा वृद्धि गर्न र आधार निर्माणका लागि पर्यटन वर्ष घोषणा गरिएको बताएका छन् ।
कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्त्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्त्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पुँजी निर्माण गरिने उल्लेख गरेका छन् । स्थानीय तहको सहकार्यमा कोशी पर्यटनको विकास गर्दै यो प्रदेश नमुना प्रदेशको रूपमा लैजाने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण