पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
विराटनगर । सुनसरीको इटहरीस्थित पकली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा कांग्रेस-एमाले गठबन्धनको उम्मेदवारलाई माओवादीका उम्मेदवारले पराजित गरेका छन् ।
इटहरी १६, १७ र १८ नम्बर वडामा पानी वितरण गर्दै आएको खानेपानी उपभोक्ता समितिको अध्यक्षमा माओवादीका उम्मेदवार राजेन्द्र ओझा विजयी भएका हुन् । उनले कांग्रेस र एमाले गठबन्धनबाट उम्मेदवार बनेका विष्णुमान श्रेष्ठलाई पराजित गरेका हुन् ।
११ सदस्यीय कार्यसमितिको निर्वाचन मंगलबार भएको थियो । पकली खानेपानीका १४४५ जना मतदाता थिए । जसमध्ये १०६१ मत खसेको थियो । जसमध्ये ओझाले ४९९ मत ल्याउँदा श्रेष्ठले ३४३ मत मात्रै ल्याए ।
कांग्रेस एमाले गठबन्धनबाट सहसचिव बम ढकालसहित महिला सदस्य रेखा राई पुरुष सदस्य भक्त बहादुर श्रेष्ठ, रामकुमार चौधरी विजयी बने । यस्तै ओझा प्यानलबाट उपाध्यक्ष कृष्णबहादुर कार्की, सचिव महेन्द्र प्रसाद चौधरी, कोषाध्यक्ष भोजराज नेपाल, सदस्य धर्मप्रसाद बन्जरा, एकमाया परियार आशा र विष्णु कुमारी खड्का (इन्दिरा) निर्वाचित भएका छन् । सचिवमा पराजित विष्णु कुमारी खड्का एमाले जिल्ला कमिटी सदस्य तथा इटहरी १७ नम्बर वडाकी वडा सदस्य पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण