इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टर चोरेर लगेको आशङ्का
बिहीबार, २८ चैत २०८१, ११ : ००
काठमाडौँ । इलामको सदरमुकामस्थित जिरो किलो भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इलाम नगरपालिकाको जिरो किलोमा गएराति को १ त ७३४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको इलामका एसपी एकनारायण कोइरालाले रातोपाटीलाई बताए । मृतकको पहिचान खुलेको छैन । उनले भने, ‘मृतकको पहिचान खुलाउने प्रयास गर्दैछौँ ।’
पार्किङ गरेर राखेको ट्याक्टर चोरेर दौडाउँदै गर्दा दुर्घटनामा परेको आशङ्का गरिएको छ । तर, ट्याक्टर धनीसँग बुझेपछि मात्र त्यसबारे यकिन गर्न सकिने एसपी कोइरालाले बताए । उनले भने, ‘चोरी गरेको यकिन भएको छैन, हामी ट्याक्टर धनीलाई बोलाएर बुझ्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण