घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
बिहीबार, २८ चैत २०८१, ११ : ५४

डोटी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को बुधवार सम्पन्न निर्वाचनमा डोटीको जोरायल गाउँपालिका–४ स्थित श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ।
निर्वाचन समितिका संयोजक वासुदेव जोशीका अनुसार अध्यक्ष पदमा सुरत बोहरा ६९ मतसहित निर्वाचित भएका छन् । सचिवमा दीपक साउद ६५ मत र कोषाध्यक्षमा कलावती बोहरा ६६ मत प्राप्त गर्दै विजयी भएका छन्।
सदस्यतर्फ शर्मिला विकले ६६, रेखा साहुले ६५, धनाकुमारी कामीले ६४ र कविता मगरले ६२ मत प्राप्त गरेका छन्।
क्याम्पसमा कूल ११४ जना मतदाता रहेकामा १०३ मत खसेको थियो । समानुपातिकतर्फ अनेरास्ववियुले ६७ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ भने नेपाल विद्यार्थी सङ्घले ३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी नदीबाट अवैध उत्खनन गर्ने श्रृङ्खला बढेको भन्दै राष्ट्रिय जनमोर्चाद्वारा सरकारको ध्यानाकर्षण
-
अदालतले नदेखेको जातीय विभेद !
-
निजामती विधेयकलाई समितिको आगामी बैठकबाट संसदमा पेस गर्नेगरी तयारी गर्न निर्देशन
-
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का
-
वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः ज्ञानेन्द्र शाही
-
उधारो असुली कानुन बनाउन माग