अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु
बिहीबार, २८ चैत २०८१, १३ : ४९
अर्घाखाँची । अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं. १० लिसेपानी बस्ने वर्ष ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको हो ।
घर्ती आफ्नै घरको दलानमा बसिरहेका बेला चट्याङ लागि बेहोस अवस्थामा फेला परेका थिए । चट्याङबाट बेहोस भएका घर्तीलाई अस्थायी धनचौर प्रहरी चौकीले उद्धार गरी जिल्ला अस्पताल पठाउँदा घर्तीलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जगनाथ मरासिनीले बताए ।
चट्याङबाट मृतक घर्तीको घरको भित्तामा समेत क्षति भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण