यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन् । शनिबार तराई यातायात व्यवसायी संघको १८ औँ वार्षिक साधारणसभाका क्रममा बाराको सिमरामा बोल्दै उनले उद्योग, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसँग जोडिएको बताउँदै यातायात व्यवसायीको भूमिका अतुलनीय रहेको बताए ।
उनले कृषि उत्पादनको बजारसम्म पहुँच, मानव स्रोतमाथिको निर्भरता लगायत सीमापार व्यापारमा यातायात व्यवसायको महत्वपूर्ण भूमिका रहेको समेत बताए । ‘सडक संरचना र यसको स्तरले ल्याएको समस्या र चुनौती,यातायात क्षेत्रमा देखा परेका केहि प्रशासनिक झण्झट लगायतका धेरै समस्या र सवालहरु छन ।’
मन्त्री लेखकले भने– ‘तपाईंहरुले उठाउँदै आउनुभएका विषयमा के गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार गम्भीर छ ।’ यातायात क्षेत्रमा नियमको कार्यान्वयन, व्यवसायिले भुक्तानी गर्ने कर संरचना र यातायात क्षेत्रमा संलग्न व्यवसायी, मजदुर र साधन सुरक्षाका सवाल रहेको उनको भनाई थियो । ‘विभिन्न समस्याका बावजुत पनि राम्रोसँग सेवा दिई रहनुभएको छ, तपाईंहरुले राम्रो गर्दा गर्दै पनि केहि कमी कमजोरीहरु आवश्यक सुधार गर्नुपर्ने देख्दछु ।’
उनले भने– ‘यातायात व्यवसायिहरुले भाडादरमा पारदर्शिताको अभाव,सेवाको गुणस्तरमा कमी,यात्रु सुरक्षामा लापरवाही,हड्ताल र सवारी बन्द गर्ने प्रवृत्ति, प्राविधिक प्रयोगको कमी लगायतका कुरामा सुधार गर्नुपर्ने देखिन्छ ।’
उनले आफु २०६३ सालदेखी कुनै न कुनै रुपमा यातायात क्षेत्रसँग जोडिएको बताउँदै यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताए । ‘हिजोमात्र मैले काठमाडौँमा यातायातसँग जोडिएका प्रमुख समस्या दुर्घटना र सोसँग जोडिएका बिमा लगायतको बारेमा सरोकारवाला सबैलाई राखेर प्रारम्भिक छलफल सुरु गरेका छौँ ।’
उनले भने– ‘यातायात व्यवसायीले उठाएका विषय महत्वपूर्ण छन् र आगामी दिनमा हुने छलफलमा यी कुराहरुलाई समाधान गर्नेतर्फ पहल गर्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण