एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु
वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको वीरगञ्ज महानगर कमिटीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
शुक्रबार सुरु भएको अधिवेशनको बन्दसत्र आज सकिएसँगै पदाधिकारी एवम् सदस्य चयनका लागि मतदान प्रक्रिया बढाइएको एमाले पर्साले जनाएको छ । एमाले पर्साका जिल्ला सचिव महेश दासका अनुसार पदाधिकारी चयनमा सहमति नजुटेपछि चुनावी प्रक्रिया बढाइएको हो ।
त्यसका लागि अहिले मतदाता नामावलीसमेत प्रकाशन भएको र नोमिनेसनको प्रक्रिया थालिएको उनले जानकारी दिए । एमाले वीरगञ्ज महानगरको कमिटीको अध्यक्ष पदका लागि सुन्दर कुर्मी र नवराज शर्माबिच भिडन्त हुने देखिएको छ । नेतृत्वमा दुवैको दाबी परेपछि निर्णय चुनावी प्रक्रियाबाट गर्न लागिएको हो ।
एमालेमा सुन्दर राउत कुर्मीको पक्षमा पार्टी अध्यक्ष विश्म्भर शर्मा, सांसद प्रभु हजारासहितको सर्मथन छ भने नवराज शर्मालाई पूर्वसांसद बिचारी यादव, अरविन्द सिंहसहितको समर्थन रहेको छ ।
वीरगञ्ज महानगरमा एमालेका करिब ३ सय १० जना प्रतिनिधि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण