‘कतारमा राजनीति र समाजसेवीको नाममा ठगीका गिरोह सक्रिय छन्’
दोहा । कतारस्थित नेपाली दूतावासका प्रथम सचिव कृशु क्षेत्रीले यहाँको नेपाली समाजभित्र राजनीति र समाजसेवीको नाममा ठगीका गिरोहहरूसमेत सक्रिय रहेको बताएका छन् ।
अर्घाखाँची सेवा समाज कतारले आयोजना गरेको छैटौँ अधिवेशनको क्रममा मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् । ‘कतारमा नेपालीले नेपालीलाई नै ठगेका घटना गुनासाहरू दैनिक जसो आउँछन्, त्यो पनि चिनेजानेका अनुहार देख्दा आफैँलाई सरम लाग्छ’, उनले भने, ‘ तर उनीहरू भने निच्च हाँस्दै बाहिरिन्छन् । जसका लागि विदेशमा सामाजिक संस्थाले काम गर्नुपर्ने थियो उल्टो उनीहरूलाई नै शोषण गर्नु लज्जास्पद छ ।’
क्षेत्रीले नेपाली समाजका कतिपय चल्तापुर्जा प्रमुख तथा प्रतिनिधिहरूले सामाजिक सेवामा भन्दा भाषण, खादा र अनुपयोगी काममा श्रमको कमाइ निध्याइरहेको आफूले पाएको बताए ।
उनले नेपाली सङ्घसंस्थाहरू नेपालीको हितमा सक्रिय हुनुपर्नेमा पनि जोड दिए । उनले सम्बन्धित देशको नीति नियम र कानुन बमोजिम धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै अगाडि बढ्न आग्रह गर्दै अप्ठ्याराहरूमा दूतावाससँग उचित समन्वय गर्न समेत सरोकारवालाहरूलाई आग्रह गरे ।
यसैबिच दूतावासले यो वर्ष मात्रै ४७ जना नेपालीको मृत्यु भएको जनाएको छ । यस्तै १० जनाले आत्महत्या समेत गरेको जानकारी गराउँदै क्षेत्रीले यस्तो अवस्थाको सिर्जना किन भयो भन्ने प्रश्न समाजका अगुवाहरूलाई कार्यक्रममा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण