वीरगञ्जमा उत्पन्न विवाद समाधान
वीरगञ्ज । वीरगञ्जमामा दुई समुदायबीचको उत्पन्न विवाद आइतबार समाधान भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा ११ घण्टाको लगातार बैठक पश्चात् वीरगञ्जको विवाद समाधान भएको हो ।
विभिन्न ५ बुदे सहमति गर्दै विवादको समाधान गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनका अनुसार बैठकले घटनाका दोषीलाई पहिचान गरी २४ घण्टाभित्र कानुनी दायरामा ल्याउने निर्णय गरेको छ ।
यसैगरी घटना घाइते भएकाहरुलाई नि:शुल्क उपचारको व्यवस्था मिलाउने, कुनैपनि सामुदायिक पर्वमा कसैले हातहतियार प्रदर्शन गर्न नपाउने, मदर्सासहितका धार्मिकस्थलहरुमा हुने पढाइको अनुगमन गर्ने तथा घटनाका दोषीलाइ कारबाही गर्दा कुनैपनि राजनीतिक दलबाट हस्तक्षेप नहुनेसहितको सहमति भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जनाए ।
हिजोदेखि वीरगञ्ज आसपासमा लगाइएको कर्फ्युबारे भने साँझमा निर्णय लिइने जिल्ला प्रशासन कार्यालयले पर्साले जनाएको छ । चैत्र ३० गते हनुमान जयन्तीको शोभायात्राको क्रममा विवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण