हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछाडि फर्केर नभई अगाडि बढेर भविष्य उज्यालो हुने बताएका छन् ।
आइतबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् ।
‘हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ । हामीले न्याय स्वतन्त्रता र समानताका लागि त्याग,तपस्या र बलिदानका कयौँ किर्तिमान कायम गरेका छौँ । हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ,’प्रचण्डले नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश जारी गर्दै भिडियो सन्देशमा भनेका छन् ।
उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको समेत बताए ।
देशको समृद्धि र उज्वल भविष्यका लागि दृढतापूर्वक पाइलाहरु अघि बढाउँदै आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
सरकारले दलाल र विचौलियाको पक्षमा स्वेच्छाचारी निर्णय लिरहँदा जनआक्रोश बढिरहेको बताउँदै यसको फाइदा प्रतिगामी शक्तिहरुले लिन खोजिरहेको समेत उनले उल्लेख गरे ।
सुशासनका नयाँ मानकहरु स्थापित गर्दै देशलाई उन्नत र समृद्ध राष्ट्र निर्माण गर्न एकतावद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
-
भारतबाट अब १५ घण्टामा ६०० सय मेगावाट बिजुली आयात हुने
-
‘झिल्को’को अग्रिम टिकट बुकिङ खुला
-
आहारपूरक खाद्य सामग्रीको विक्रीवितरणबारे वाणिज्य विभाग र एनएनसीएबिच छलफल
-
मे दिवसको अवसरमा राजधानीमा र्याली, तस्बिरमा हेर्नुहोस्
-
म्याग्दीबाट ‘माइतीघर’को छायाङ्कन सुरु