हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछाडि फर्केर नभई अगाडि बढेर भविष्य उज्यालो हुने बताएका छन् ।
आइतबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् ।
‘हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ । हामीले न्याय स्वतन्त्रता र समानताका लागि त्याग,तपस्या र बलिदानका कयौँ किर्तिमान कायम गरेका छौँ । हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ,’प्रचण्डले नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश जारी गर्दै भिडियो सन्देशमा भनेका छन् ।
उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको समेत बताए ।
देशको समृद्धि र उज्वल भविष्यका लागि दृढतापूर्वक पाइलाहरु अघि बढाउँदै आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
सरकारले दलाल र विचौलियाको पक्षमा स्वेच्छाचारी निर्णय लिरहँदा जनआक्रोश बढिरहेको बताउँदै यसको फाइदा प्रतिगामी शक्तिहरुले लिन खोजिरहेको समेत उनले उल्लेख गरे ।
सुशासनका नयाँ मानकहरु स्थापित गर्दै देशलाई उन्नत र समृद्ध राष्ट्र निर्माण गर्न एकतावद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण