फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा
काठमाडौँ । ‘कार्साङ’ निर्देशक याम शेर्पाले नयाँ फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा गरेका छन् । शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेका हुन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् ।
सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर केही नयाँ कामको सुरुवातको तयारी गरिरहेको थिम पोस्टरले संकेत गरेको छ । पोस्टरले बिहानीसँगै नयाँ सङ्कल्प गरेको संकेत गरे पनि पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने प्रस्ट पारिएको छैन ।
कथा पनि निर्देशक शेर्पा रहेको फिल्ममा चोङ्वा लामा शेर्पाको लगानी रहनेछ । आरआर फिल्मसले वितरण गर्ने फिल्म
२०८२ भित्रमा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन । निर्देशक शेर्पाले कलाकारको विषयमा केहीपछि जानकारी दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनी–'एकै आक्रमणमा इरानी नेतृत्व समाप्त गर्न सक्थ्यौँ', इरानको जवाफ– 'तपाईंसँग न सभ्यता छ, न सम्मान'
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
-
ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण