नयाँ वर्ष पारेर ‘ढुकढुकी’ निर्माण घोषणा
काठमाडौँ । फिल्म ‘मोहर’ निर्माण गरेको टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनमा फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई फिल्ममेकर प्रा।लिको प्रस्तुतिमा तयार गरिनेछ । फिल्ममा चुम्बनजंग शाही निर्माताको रुपमा छन् । यो फिल्मको छायाङ्कन तिहारपछि सुरु हुने जानकारी दिइएको छ । फिल्मका लागि अहिले कोही पनि कलाकारहरु फाइनल गरिएको छैन ।
यसअघि फिल्म ‘ढुकढुकी’ विनोद मानन्धरले निर्माण गरेका थिए । यो फिल्मको पटकथा तथा संवाद ओम प्रतिकले लेखेका थिए । अब ओम आफै ‘ढुकढुकी’ नाममा फिल्म बनाउन अगाडि सरेका छन् ।
ओमले निर्देशन गरेको तथा चुम्बनजंग शाहीले निर्माण गरेको फिल्म ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको रिलिजपछि फिल्म ‘ढुकढुकी’को छायांकनको काम अगाडि बढाउने निर्माणपक्षले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
-
दक्षिण एसिया मामलामा अमेरिकाले भारतसँग सोध्न छोडेको छ
-
हामी एआईलाई सबैका लागि सुरक्षित बनाउन सक्छौँ
-
मौद्रिक नीतिमा नीतिगत लचकता अपनाउन सुझाव
-
मेक्सिकोविरुद्धको खेलमा इंग्ल्यान्डका खेलाडीले किन प्रयोग गर्दैछन् भियाग्रा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण