पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएकाे चलचित्र पिताम्बरले सकारात्मक प्रतिक्रिया पाएकाे निर्देशक कृषा चौलागाईले बताएकी छन् ।
प्रदर्शनको चौथो दिन अर्थात् सोमबार फिल्मले १ सय ८५ भन्दा बढी सो सङ्ख्या पाएकाे उनको भनाइ छ । पिताम्बरले धेरै हलमा ८० प्रतिशत माथिको अकुपेन्सीसहित दर्शकको माया पाइरहेको चौलागाईले दाबी गरिन् ।
स्टार कलाहरूको बलियो उपस्थितिका कारण चलचित्रले राम्रो तारिफ पाएको बताइएको छ । राम्राे प्रतिक्रिया मिलेको भन्दै कलाकारहरु सौगाम मल्ल , प्रदीप खड्का, अनुप विक्रम शाही, दिव्या रायमाझी उत्साहित देखिएका छन् ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप, सौगातसँगै आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
-
दक्षिण एसिया मामलामा अमेरिकाले भारतसँग सोध्न छोडेको छ
-
हामी एआईलाई सबैका लागि सुरक्षित बनाउन सक्छौँ
-
मौद्रिक नीतिमा नीतिगत लचकता अपनाउन सुझाव
-
मेक्सिकोविरुद्धको खेलमा इंग्ल्यान्डका खेलाडीले किन प्रयोग गर्दैछन् भियाग्रा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण