भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे
काठमाडौँ । कोटेश्वरको भाटभेटेनी सुपरस्टोरबाट चैत १५ गते फलफूल चोरी गरेको आरोपमा पक्राउ परेका ८ जना रिहा भएका छन् ।
चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थितहरूले गरेको प्रदर्शनमा मौका छोपी चोरी गरेको आरोपमा समातिएकाहरू ती ८ जनालाई प्रहरीले रिहा गरेकाे हो । स्याउ र सुन्तला चोरेर भागेकाहरूलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनका अनुसार उनीहरूलाई अहिले हाजिर जमानीमा रिहा गरिएको छ ।
सीसीटीभी फुटेजको सहयोगमा पक्राउ परेका उनीहरूले स्टोर बाहिरको स्टलमा राखिएको फलफूल चोरेर भागेका देखिएको थियो । हाजिर जमानीमा छुट्नेमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सुस्मिता बराल छन् ।
तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा दुर्गा प्रसाईंसहित ७४ जना भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण