पञ्जाबका लागि नायक बनेका चहलले बनाए नयाँ रेकर्ड
मुलनपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३१ औँ खेलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्समाथि रोमाञ्चक जित हात पार्यो । मंगलबार मात्र १११ रनमा अलआउट भएको पञ्जाबले कोलकातालाई ९५ रनमा रोक्दै कीर्तिमानी जित हात पार्न सफल भयो ।
यो आईपीएलमा कुनै पनि टोलीले सफलतापूर्वक रक्षा गरेको सबैभन्दा न्यून स्कोर थियो । यसअघि, चेन्नई सुपर किंग्सले सन् २००९ मा किंग्स इलेभन पञ्जाब (अहिलेको पञ्जाब किंग्स) विरुद्ध ११६ रनको स्कोर रक्षा गरेको थियो ।
पछिल्लोपटक सन् २०२४ मा यी दुई टोली भिड्दा पञ्जाबले इडेन गार्डन्समा कोलकाताले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याएको थियो । आईपीएलमा कुनै पनि टोलीले सफलतापूर्वक पछ्याएको यो सबैभन्दा ठुलो स्कोर थियो ।
मंगलबारको खेलमा पञ्जाबका लागि युजवेन्द्र चहल नायक बने । उनको घातक बलिङ सामु कोलकाताका ब्याटर निरीह देखिए । उनले ४ ओभरमा मात्र २८ रन खर्चेर ४ विकेट लिन सफल भए ।
योसँगै उनी आईपीएलमा सबैभन्दा धेरै पटक ४ वा सोभन्दा बढी विकेट लिने खेलाडी बनेका छन् । उनीसँगै सुनिल नरेनले ८ पटक यो उपलब्धि हासिल गरेका छन् ।
यसैगरी, लसिथ मलिंगाले ७ पटक, कागिसो रबाडाले ६ पटक तथा अमित मिश्राले प्रतियोगितामा चारपटक ४ वा सोभन्दा बढी विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण