प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
बुधबार, ०३ वैशाख २०८२, १० : ५७

बर्दघाट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन् ।
अवलोकन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले सहिद सूर्य विक्रम थापा ‘सलिम’ को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन, प्रवक्ता अग्नि सापकोटालगायत पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो।
सहिद थापा माओवादी जनयुद्धको क्रममा २०६० सालमा चितवनमा ज्यान गुमाएका थिए । उनको योगदानको सम्मानस्वरूप निर्मित स्मृति केन्द्रले यस क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेती लगाउन गोरु पाल्दा सरकारले दियो अनुदान, किसान दङ्ग
-
सरकार-शिक्षकबिच ९ बुँदे सहमति : राहत शिक्षकले गर्यो स्वागत
-
राप्रपामा आबद्ध मुस्लिम समुदायका ताहिर अली भन्छन्- नेपाल हिन्दुराष्ट्र हुनुपर्छ
-
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना
-
जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र निर्वाचित
-
दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ