बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ३० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत उक्त लगानी योग्य पुँजी (तरलता) तान्ने भएको हो । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने जनाएको छ ।
राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको निक्षेप तान्नेछ । यसमा वाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरूले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैङ्कहरूले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।
अहिले बैंकहरुमा अधिक तरलता रहेको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बोलकबोलबाट पैसा तान्दै आएको छ । सोही क्रममा आज राष्ट्र बैंकले ३० अर्ब रुपियाँ निक्षेप बोलकबोल गर्न लागेको छ ।
बोलकबोलमा बैङ्कहरूले घटीमा १० करोड रुपियाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैङ्कहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रूपमा प्रयोग गर्न सक्नेछन् ।
२१ दिन अर्थात् आगामी वैशाख २४ गते बैङ्कहरूलाई सावाँ र व्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएका छ । पछिल्लो समय कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुप्रिएको छ ।
अहिले बैंकहरुमा ६८ खर्ब १८ अर्ब रुपियाँ निक्षेप छ । तर, कर्जा प्रवाह भने ५४ खर्ब ८९ अर्ब रुपियाँ छ ।
कर्जा निक्षेप अनुपात भने ७९.२७ प्रतिशत छ । बैङ्कहरूले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र